लेभान्तेमाथि बार्सिलोनाको कमव्याक सहितको रोमाञ्चक जित

लेभान्तेमाथि बार्सिलोनाको कमव्याक सहितको रोमाञ्चक जित

२०७८, चैत्र २८ सोमवार

  • 1.3K
    SHARES

  • लेभान्तेमाथि बार्सिलोनाको कमव्याक सहितको रोमाञ्चक जित

    काठमाडौं । रोमाञ्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

    आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

    बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक-एक गोल गरे । घरेलु टोली लेभान्तेका लागि जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक-एक गोल गरे ।

    लेभान्तेले दुवै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।

    जितसँगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्‍यो ।

    ७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंकसहित रेलिगेशन क्षेत्रमा छ ।

    २०७८, चैत्र २८ सोमवार०८:३३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार