न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

२०७८, चैत्र २८ सोमवार

  • 1.1K
    SHARES

  • न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

    न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ ।मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    सो विज्ञप्तिमा उनलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उनको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ ।

    उनी आइसोलेसनमा बसेको र अबको एक हप्ता उनले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने  पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।

    यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ । गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो । न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

    यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ ।-एजेन्सी ।

    २०७८, चैत्र २८ सोमवार०३:०४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार