काठमाडौं २९ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, को को बने उमेद्वार ?

काठमाडौं २९ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, को को बने उमेद्वार ?

२०७८, चैत्र २८ सोमवार

  • 2.8K
    SHARES

  • काठमाडौं २९ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, को को बने उमेद्वार ?

    काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं २९ ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत रुपमा सिफारिस गरेको छ।

    वडा नं २९ को अध्यक्षमा नेकपा एमालेका शिवराम राजवंशी (श्रेष्ठ), सदस्यद्धयमा दिनेश महर्जन र भरत मैनाली, महिला सदस्यमा अम्बिका उप्रेती (पाठक) र दलित महिला सदस्यमा रोमी पुजारीको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

    सोमवार वडा नं २९ मा भएको संगठित सदस्य भेलाले वडा उमेद्वारको टुंगो लगाएको हो । वडा अध्यक्षका उमेद्वार राजवंशी २०७४ सालको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उठेर कांग्रेस उमेद्वार कुश ढकालसँग ५४ मतले पराजित भएका थिए । 

    ढकालले १५४५ मत प्राप्त गर्दा राजवंशीले १४९१ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा एमाले उमेद्वार ओम प्रसाद उप्रेतीले १०४३ मत मात्र ल्याउन सकेका थिए । आन्तरिक व्यवस्थापनमा चुक्दा सेटै गुमाएकोे एमालेले त्यसलाई कमव्याक गर्ने गरि निर्वाचनमा होमिसकेको स्थानिय सुमन रायमाझीले बताए । 

    २०७८, चैत्र २८ सोमवार०९:५४:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार