काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही भोलि (चैत ३० गते) बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिइने बताइएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी सोमवार एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।