झापाका १३ विद्यालयमा संरचना निर्माण

झापाका १३ विद्यालयमा संरचना निर्माण

२०७८, चैत्र ३० बुधवार

  • 1.1K
    SHARES

  • झापाका १३ विद्यालयमा संरचना निर्माण

    बनियानी । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । 

    समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ । ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा संरचना निर्माण गरेको समाजकी अध्यक्ष प्रेमाकुमारी भट्टराईले जानकारी दिइन् ।   

    कचनकवल–५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुईकोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा जडान गरिएको छ । कचनकवल–४ को महेन्द्ररत्न मावि, कचनकवल–२ को लक्ष्मीप्रसाद देवकोटा मावि, कचनकवल–१ को बुद्ध मावि, कचनकवल–७ को जानकी मावि, जनता मावि र शिव मावि तथा कचनकवल–३ को सरस्वती आधारभूत विद्यालयमा शौचालय, खानेपानीको धारा जडान र मर्मत गरिएको छ । 

    कचनकवलका विद्यालयको संरचना निर्माणमा रु एक करोड ३५ लाख खर्च भएको अध्यक्ष भट्टराईले बताइन्। झापा गाउँपालिकाको रु १० लाख र गुड नेभर्स इन्टरनेशनल नेपालको रु ५५ लाखको लागतमा झापा–२ स्थित कुवाडीदेवी माविमा दुईकोठे पक्की भवन, शौचालय र खानेपानीको धारा जडान, ५ नं वडाको महेन्द्र माविमा शौचालय, खानेपानीको धारा जडान तथा वडा नं ३ को सिमलबाडी आधारभूत विद्यालय र वडा नं १ को सरस्वती आधारभूत विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ । ती संरचना निर्माणपछि समाजले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ । 

    २०७८, चैत्र ३० बुधवार०८:०४:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार