माओवादीले हटायो कुलमानको फोटो, हटाउन भनेको कुलमानको दावी

माओवादीले हटायो कुलमानको फोटो, हटाउन भनेको कुलमानको दावी

२०७८, चैत्र ३० बुधवार

  • 1.1K
    SHARES

  • माओवादीले हटायो कुलमानको फोटो, हटाउन भनेको कुलमानको दावी

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।

    कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

    प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो । ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निस्शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्बिरमा घिसिङको फोटो प्रयोग गरिएको थियो ।

    p-a.PNG

    तर अहिले त्यो पोस्ट हटाइएको छ र त्यसमा प्रचण्डको मात्र तस्बिर अङ्कित सामग्री राखिएको छ ।

    माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको दाबी गरिएको छ । यद्यपि सबै कुरा ठिक्क तयार भईसकेको अवस्थामा कार्यकारी र मन्त्रीले मात्र क्रेडिट लिने गरेको चर्चा पनि चल्ने गरेको छ । 

    राज्यको एउटा महत्वपूर्ण निकायको कार्यकारी नै पार्टी विशेषको प्रचार सामग्रीमा उपस्थिति जनाउनु राम्रो संकेत नभएको विज्ञको दाबी छ । देशैभर एकपछि अर्को गर्दै माओवादी कार्यकर्ताहरु अन्य पार्टीतिर गईरहँदा जनताको मन जित्ने किसिमको प्रोपोगण्डा मच्चाइएको सरोकारवालाले बताएका छन् । 

    २०७८, चैत्र ३० बुधवार११:५०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार