रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : युक्रेनी वार्ता टोलीका संयोजक

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : युक्रेनी वार्ता टोलीका संयोजक

२०७८, चैत्र ३० बुधवार

  • 825
    SHARES

  • रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ :  युक्रेनी वार्ता टोलीका संयोजक

    काठमाण्डौ । रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् ।

    उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् ।

    रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।

    अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताए ।

    उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन् ।-एजेन्सी ।

     

    २०७८, चैत्र ३० बुधवार०२:०२:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार