सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए

सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए

२०७७, पौष १७ शुक्रवार

  • 1.8K
    SHARES

  • सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए

    पौष १७, अबुजा ।

    नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् । 

    बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । 

    सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 

    बोको हरामहरुले यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन । -एजेन्सी । 

    २०७७, पौष १७ शुक्रवार०५:०५:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार