श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस !

श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस !

२०७९, बैशाख २ शुक्रवार

  • 2.4K
    SHARES

  • श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस !

    काठमाडौँ । नेकपा एमाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिश गरिएको छ । 

    एमाले काठमाडौं महानगर कमिटिको बुधबार बसेको बैठकले मेयर उम्मेदवारका लागि पाँचजनाको नाम केन्द्रलाई सिफारिश गरेको हो।

    जिल्ला कमिटीको सिफारिशमा परेका मध्येबाट स्थायी कमिटिले उम्मेदवार तोक्ने छ। काठमाडौं मेयर उम्मेदवारमा एमालेबाट सिफारिश हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त छन् ।

    मेयर सिफारिशमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन् । त्यस्तै केशव स्थापित पूर्व मेयर हुन् । रामवीर मानन्धर पुर्वमन्त्री हुन् । इन्दिरा पन्त एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । पन्तको श्रीमान वसन्त मानन्धर नेकपा (एकीकृत समाजवादी) बाट वाग्मती प्रदेशमा खानेपानी, ऊर्जा तथा सिचाइँ मन्त्री भएका छन् ।

    त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिश गरेको छ । रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिश गरेको छ। उपमेयरमा सिफारिश रत्न गुरुङ्ग संविधान सभा सदस्य हुन, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी केन्द्रीय महासचिव हुन् । उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन् ।

    त्यस्तै पेम्बा लामा सक्रिय एमाले नेतृ हुन्। सिफारिस भएका महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय पार्टी स्थायी कमिटीले गर्ने छ।

    २०७९, बैशाख २ शुक्रवार०७:२७:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार