काँग्रेस निर्वाचन परिचालन कमिटीको बैठक आज

काँग्रेस निर्वाचन परिचालन कमिटीको बैठक आज

२०७९, बैशाख २ शुक्रवार

  • 1.4K
    SHARES

  • काँग्रेस निर्वाचन परिचालन कमिटीको बैठक आज

    काठमाडौँ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज (शुक्रबार) बस्दै छ ।

    आज दिउँसो १ बजे बस्ने बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ । उनीहरुलाई प्रदेश छुट्याएको जिम्मेवारी बाँडिएको छ ।

    २०७९, बैशाख २ शुक्रवार०८:५३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार