कोरोना अपडेट : थप ४२६ जनामा संक्रमण, ८ जनाको मृत्यु

कोरोना अपडेट : थप ४२६ जनामा संक्रमण, ८ जनाको मृत्यु

२०७७, पौष १७ शुक्रवार

  • 1.4K
    SHARES

  • कोरोना अपडेट : थप ४२६ जनामा संक्रमण, ८ जनाको मृत्यु

    पौष १७ ,काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

    कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

    हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित छन् । 

     

    २०७७, पौष १७ शुक्रवार०५:२८:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार