चीनको साङ्घाईमा स्थिति नाजुक बन्दै, कडा लकडाउनविरोधी स्थानीय र प्रहरीबीच झडप

चीनको साङ्घाईमा स्थिति नाजुक बन्दै, कडा लकडाउनविरोधी स्थानीय र प्रहरीबीच झडप

२०७९, बैशाख ३ शनिवार

  • 821
    SHARES

  • चीनको साङ्घाईमा स्थिति नाजुक बन्दै, कडा लकडाउनविरोधी स्थानीय र प्रहरीबीच झडप

    साङ्घाई । चीनको साङ्घाईमा कडा कोभिड लकडाउन तेस्रो सातामा प्रवेश गर्ने क्रममा जबरजस्ती घरबाट निस्कने खोज्ने स्थानीय र प्रहरीबीच झडप भएको भिडियो सार्वजनिक भएको छ ।

    साङ्घाईका केही आवासीय क्षेत्रलाई क्वारेन्टाइन केन्द्रका रूपमा प्रयोग गरिएको छ । कोरोना भाइरससँगको पछिल्लो संघर्षको दौरान लाखौँ व्यक्ति घर भित्र थुनिएका छन् । खाद्यान्नलगायतका अत्यावश्यक चिजहरू पनि अनलाइनमार्फत मगाइनुपर्ने नियम लागु गरिएको छ ।

    भाइरस पोजिटिभ भेटिनासाथ सबैलाई क्वारेन्टाइनमा राखिने गरिएको छ । तर, दिनहुँ २० हजार भन्दा बढी नयाँ संक्रमित भेटिने गरेकाले सरकारलाई क्वारेन्टाइनका लागि स्थानको अभाव हुन थालेको छ ।

    पछिल्लो समयमा साङ्घाईका प्रदर्शनी हल र विद्यालयहरूलाई क्वारेन्टाइन केन्द्रमा परिवर्तन गरिएका छन् भने उपचारका लागि अस्थायी अस्पतालहरू निर्माण भएका छन् । तर, संक्रमणको कारण देखिएका गम्भीर घटनाको सङ्ख्या न्यून रहेकाले अझै लकडाउनको आवश्यकताबारे प्रश्न उठ्न थालेको छ ।

    केही सातायता आधिकांश स्थानीयले सामाजिक सञ्जालमार्फत कोभिड १९ विरुद्धका कडा सुरक्षा नीति नियमहरू र खाद्यान्न आपूर्ति अभावलाई लिएर विरोध जनाउन थालेका छन् । सरकार आफैँले माग बमोजिम खाद्यान्न, पानी, सागसब्जी, मासु र अन्डा आपूर्ति गर्दै आइरहेको छ ।बीबीसी

    २०७९, बैशाख ३ शनिवार०६:५०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार