माधव नेपाल अझै पनि आफूलाई एमाले नै सम्झेर ठूलो भाग खोज्नुहुन्छ : अध्यक्ष प्रचण्ड

माधव नेपाल अझै पनि आफूलाई एमाले नै सम्झेर ठूलो भाग खोज्नुहुन्छ : अध्यक्ष प्रचण्ड

२०७९, बैशाख ३ शनिवार

  • 869
    SHARES

  • माधव नेपाल अझै पनि आफूलाई एमाले नै सम्झेर ठूलो भाग खोज्नुहुन्छ : अध्यक्ष प्रचण्ड

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भाँडिन लागेको संकेत गरेका छन् ।

    शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो संकेत गरेका हुन् । 

    नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको अध्यक्ष प्रचण्डले बैठकमा बताए ।

    अध्यक्ष प्रचण्डले माधव नेपाल अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको समेत उल्लेख गरे । उनले भने, ‘माधवजीले अलिक बढी मागिहाल्नु हुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छु । नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’

    अध्यक्ष दाहालले विवाद भए पनि गठबन्धनका पाँचै दलसँग गम्भीरतापूर्वक कुरा गरेर गठबन्धन कायम गरेर जानुपर्ने मत राखे।

    पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ।

    कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्। जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ।

    २०७९, बैशाख ३ शनिवार०७:००:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार