काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ ।
६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागबन्डाबारे अझै सहमति भएको छैन ।
यसबारे केन्द्रीय संयन्त्रले नै टुङ्गो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न काँग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।
कम्युनिष्ट विभाजित भईरहँदा एकल बहुमत ल्याउने गरि चुनावमा जानु पर्नेमा त्यसो नभएको भन्दै कार्यकर्ताको चर्को दबाबमा परेको नेतृत्वलाई गठबन्धन नै गलपासो बनेको र सोही अनुसार निर्णय गरिने एक नेताले बताए ।
प्रचण्डको भर गरेर पार्टी रसातलमा भासिने खतरा बढ्यो आक्रोश मिश्रित भावमा अर्का केन्द्रीय सदस्यको भनाई छ ।