बस दुर्घटनाका कारण जिम्बाब्वेमा ३२ जनाको मृत्यु

बस दुर्घटनाका कारण जिम्बाब्वेमा ३२ जनाको मृत्यु

२०७९, बैशाख ३ शनिवार

  • 821
    SHARES

  • बस दुर्घटनाका कारण जिम्बाब्वेमा ३२ जनाको मृत्यु

    हरारे । बस दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

    देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको बस शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

    जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ ।

    घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् । रासस-सिन्हवा । 

    २०७९, बैशाख ३ शनिवार११:१४:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार