गठबँधनमा भाँडभैलो, अब गठबन्धनकै दलबिच पनि प्रतिस्पर्धा हुने 

गठबँधनमा भाँडभैलो, अब गठबन्धनकै दलबिच पनि प्रतिस्पर्धा हुने 

२०७९, बैशाख ३ शनिवार

  • 789
    SHARES

  • गठबँधनमा भाँडभैलो, अब गठबन्धनकै दलबिच पनि प्रतिस्पर्धा हुने 

    काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरूबिच नै प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् ।

    शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् । तर त्यस्तो स्थानीय तहमा नेकपा एमालेसँग गठबन्धन भने कुनै दलले गर्न नपाउने उनको भनाइ छ ।

    उनले कुनै स्थानीय तहमा गठबन्धन गर्ने विषयमा सहमति जुटेन भने बेलैमा जानकारी गराउन पार्टीको तल्ला समितिलाई आग्रह गरे ।

    यससँगै एक हप्तादेखि बढेको गठबन्धन भित्रको भाँडभैलो सतहमा आएको एक नेताले बताए ।

    २०७९, बैशाख ३ शनिवार०५:३०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार