माओवादीले भरतपुर नछाडे मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव 

माओवादीले भरतपुर नछाडे मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव 

२०७९, बैशाख ४ आइतवार

  • 861
    SHARES

  • माओवादीले भरतपुर नछाडे मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव 

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाकालागि नयाँ प्रस्ताव अघि सारेका छन्। 

    माओवादीले मेयर पदको अडान नछाडेपछि पार्टी कार्यालय सानेमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकमा उनले मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव अघि सारेका हुन्।

    अघिल्लो पटक काँग्रेसले माओवादीलाई सघाएको भन्दै उनले यस पटक माओवादीले काँग्रेसलाई सघाउनुपर्ने बताए। ‘०७४ मा काँग्रेसले मेयरमा माओवादीलाई छाडेको थियो माओवादी चाहन्छ, यो पटक पनि काँग्रेसले सघाउनुपर्छ तिर हामी चाहन्छौँ यो पटक माओवादीले काँग्रेसलाई छोड्नुपर्छ,’ बैठकमा उनले भने।

    त्यसो नभए मित्रवत् प्रतिस्पर्धाबाट अघि बढ्नुपर्ने उनको भनाई थियो । ‘स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ(भरतपुरको मेयर काँग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धाबाट,’ बैठकमा उनको भने । 

    सकेसम्म देशभरि काँग्रेस एक्लैले चुनाव लड्नुपर्ने बताएका उनले काँग्रेसको निर्णय पनि गठबन्धन नभई तालमेल रहेको स्पष्ट पारे । 

    २०७९, बैशाख ४ आइतवार०७:१५:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार