बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

२०७९, बैशाख ४ आइतवार

  • 993
    SHARES

  • बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

    मस्को । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । 

    बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् । 

    रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुस विरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।
     
    युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् । 

    धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । 

    रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ । -एजेन्सी ।  

    २०७९, बैशाख ४ आइतवार०७:३६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार