सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

२०७९, बैशाख ५ सोमवार

  • 1.5K
    SHARES

  • सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

    सांघाइ । मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि गरेपछि चीनले पहिलो पटक सांघाईमा कोभिडबाट तीन जनाको मृत्यु भएको जनाएको छ ।

    मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

    त्यसअघि चीनले सांघाइमा कोभिडबाट कसैको मृत्यु नभएको जनाएको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्न उठेको थियो ।

    अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए । बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।

    कोभिड महामारी फैलिएपछि सांघइ तीन सातादेखि लकडाउनमा छ । लकडाउनका कारण सर्वसाधारण नागरिक सरकारसँग क्रुद्ध छन् ।-एजेन्सी ।

    २०७९, बैशाख ५ सोमवार११:१३:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार