भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि

२०७९, बैशाख ५ सोमवार

  • 861
    SHARES

  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ ।

    कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।

    त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

    भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ ।

    कुल सङ्क्रमित मध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । एजेन्सी ।

    २०७९, बैशाख ५ सोमवार०२:२४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार