युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घको आग्रह

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घको आग्रह

२०७९, बैशाख ६ मंगलवार

  • 909
    SHARES

  • युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घको आग्रह

    संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् ।

    युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आङ्कलन भइरहेको र यहाँ मानिसहरूको उद्धार भइरहेको युक्रेनले जनाएको छ ।

    यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यकता अनुसारको मानवीय सहायता उपलब्ध गराउन उनले आग्रह गरेका हुन् ।

    उनले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र यहाँका नागरिकलाई आवश्यक परेको सहायता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गरेका हुन् ।

    यहाँका कतिपय सहरहरुमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गरेका हुन् ।

    ती क्षेत्रमा उद्धारका कामका लागि तथा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न विश्व समुदाय समक्ष उनले आग्रह गरेका हुन् ।-एजेन्सी ।

    २०७९, बैशाख ६ मंगलवार०१:५५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार