गर्जिँदै चर्चित पुर्व विद्यार्थी नेता श्रेष्ठ, कार्यकर्तालाई जिल्ला नछाड्न कडा निर्देशन 

गर्जिँदै चर्चित पुर्व विद्यार्थी नेता श्रेष्ठ, कार्यकर्तालाई जिल्ला नछाड्न कडा निर्देशन 

२०७९, बैशाख ६ मंगलवार

  • 1.3K
    SHARES

  • गर्जिँदै चर्चित पुर्व विद्यार्थी नेता श्रेष्ठ, कार्यकर्तालाई जिल्ला नछाड्न कडा निर्देशन 

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले केही समयका लागि कार्यकर्तालाई जिल्ला नछाड्न कडा निर्देशन दिएका छन् । 

    पुर्ववत विद्यार्थी नेताकै शैलिमा पार्टी कामलाई अगाडी बढाउँदै काठमाडौं जिल्ला क्षेत्र नं १ अन्तर्गतका जिल्ला, नगर तथा वडा कमिटी पदाधिकारी एवं सदस्यलाई तत्काललाई जिल्ला छोडेर कतैपनि नजान उनले निर्देशन दिएका हुन् । पुर्व अनेरास्ववियु केन्द्रीय अध्यक्ष भएर बलियो इतिहास बनाईसकेका श्रेष्ठ काठमाडौं जिल्लाका सह-इन्चार्ज र क्षेत्रका अगुवा नेता हुन् । 

    नेता श्रेष्ठले लडाकु एवं जुझारुपन देखाउँदै दर्जनौँ आकांक्षीलाई मिलाउँदै काठमाडौं महानगरपालिका भित्रका ४ वटा वडा पर्ने सो क्षेत्रबाट सर्वसम्मत रुपमा उमेदवारहरु चयन गर्न सफल भएका छन् । जसअन्तर्गत वडा नं १० बाट अशोक कार्की, ११ बाट योगेन्द्रमान श्रेष्ठ, २९ बाट शिवराम राजवंशी (श्रेष्ठ) र ३१ वडाबाट सरोज ढकाल अध्यक्षका लागि सिफारिस भईसकेका छन् । यद्यपि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा विशाल कार्यकर्ता पंक्ति भएको पार्टीमा केही तलमाथि पनि हुन सक्ने उत्तिकै सम्भावना रहेकाले जिल्ला नछाड्न कार्यकर्तालाई कडा निर्देशन दिएका हुन् । 

    वि.सं. २०७४ सालको स्थानिय तहको निर्वाचनमा एउटा मात्र वडा जितेको एमालेले यसपटक ४ वटै वडा जित्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । सो निर्वाचनमा वडा नं ३१ बाट एमाले उमेदवार नारायण प्रसाद भण्डारी निर्वाचित हुँदा अन्य ३ वटा वडामा नेपाली कांग्रेसका उमेदवार विजयी भएका थिए । जसअन्तर्गत वडा नं १० बाट राम कुमार केसी, वडा नं २९ बाट कुश ढकाल निर्वाचित भएका थिए भने वडा नं ११ मा हिरालाल तण्डुकार विजयी भएका थिए । 

    २०७९, बैशाख ६ मंगलवार०६:२४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार