श्रीलङ्काले आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

श्रीलङ्काले आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

२०७९, बैशाख ७ बुधवार

  • 1.1K
    SHARES

  • श्रीलङ्काले आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

    कोलम्बो । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ ।

    छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ ।

    आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको वित्तमन्त्री उनले बताए । 

    उनले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताए ।

    पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ ।

    श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक सङ्कटको सामना गरिरहेको छ ।

    खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् । एजेन्सी ।

    २०७९, बैशाख ७ बुधवार०७:०९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार