गठबन्धन गलपासो, भागबन्डा टुङ्ग्याउन बैठक आज फेरि बस्दै

गठबन्धन गलपासो, भागबन्डा टुङ्ग्याउन बैठक आज फेरि बस्दै

२०७९, बैशाख ७ बुधवार

  • 889
    SHARES

  • गठबन्धन गलपासो, भागबन्डा टुङ्ग्याउन बैठक आज फेरि बस्दै

    काठमाडौँ । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्ता गठबन्धनको भागबन्डा टुङ्ग्याउनका लागि आज (बुधबार) फेरि बैठक बस्दै छ ।

    आजको बैठकले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ ।

    हिजो (मंगलबार) अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ ।

    ६ महानगरमध्ये तीन वटा काँग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एक वटा दिने सहमति भएको बताइएको छ । त्यस्तै ११ मध्ये ७ वटा उपमहानगर काँग्रेसले राखेर बाँकी चार वटा बाँड्ने सहमति भएको छ ।

    आजको बैठकले कुन महानगर र उपमहानगरको उम्मेदवार कुन दलले पाउने भन्ने टुङ्गो लगाइने बताइएको छ । 

    २०७९, बैशाख ७ बुधवार०८:०२:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार