काठमाडौ १ का सबै वडामा एमालेले बनायो निर्वाचन परिचालन कमिटी 

काठमाडौ १ का सबै वडामा एमालेले बनायो निर्वाचन परिचालन कमिटी 

२०७९, बैशाख ७ बुधवार

  • 2.7K
    SHARES

  • काठमाडौ १ का सबै वडामा एमालेले बनायो निर्वाचन परिचालन कमिटी 

    काठमाडौं । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचन लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेले काठमाडौं १ का सबै वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

    मंगलवार नयाँ बानेश्वरमा बसेको विस्तारित भेलाले चारै वटा वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको हो । जस अन्तर्गत वडा नम्बर-१० मा नेता राम प्रसाद अमागाईको संयोजकत्वमा ५०१ सदस्यीय, वडा नम्बर-११ मा मित्रलाल थोकरको संयोजकत्वमा २११ सदस्यीय, वडा नम्बर-२९ मा ओम उप्रेतीको संयोजकत्वमा ६०१ सदस्यीय र वडा नम्बर-३१ मा यमलाल गौतमको संयोजकत्वमा ९२५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रिय समन्वय कमिटीका संयोजक धन बहादुर अछामीले बताए । 

    एमालेले यहाँका चारै वटा वडा उमेदवार सर्वसम्मत रुपमा टुंग्याएको बताएकोछ । 

    काठमाडौं महानगर १० वडा अध्यक्षमा एमाले युवानेता कार्की सिफारिस, को हुन् कार्की ?

    गौतमको प्रस्तावमा काठमाडौं ३१ वडा अध्यक्षमा एमाले युवा नेता सरोज ढकाल सर्वसम्मत सिफारिस

    काठमाडौं २९ मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, को को बने उमेद्वार ?

    २०७९, बैशाख ७ बुधवार०९:३२:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार