अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

२०७९, बैशाख ७ बुधवार

  • 805
    SHARES

  • अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

    वासिङ्टन डिसी । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् ।

    सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो । 

    यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनेछन् । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरुले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको छ । 

    नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेसनल प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

    सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेशनले पोल्याण्ड, संयुक्त अरव इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ । 

    यस भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    नेपालले संयुक्त राष्ट्रङ्ंघको वडापत्रअनुसार युक्रेनमाथिको रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ ।-एजेन्सी ।

    २०७९, बैशाख ७ बुधवार०१:१५:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार