मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

२०७९, बैशाख ७ बुधवार

  • 1.0K
    SHARES

  • मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

    क्वालालम्पुर । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

    यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

    यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ ।

    यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेको बताइएको छ । एजेन्सी ।

    २०७९, बैशाख ७ बुधवार०२:५८:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार