भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

२०७९, बैशाख ७ बुधवार

  • 845
    SHARES

  • भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

    नयाँ दिल्ली  । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् ।

    संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन भन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ ।

    मङ्गलबार सार्वजनिक गरिएको विवरणमा एक हजार २४७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको उल्लेख थियो । भारतमा अहिले १२ हजार ३४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् ।

    पछिल्लो २४ घण्टामा एक हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    महामारी सुरु भएदेखि अहिलेसम्म कुल चार करोड २५ लाख १३ हजार २४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

    त्यसैगरी कोरोनाका कारण अहिलेसम्म भारतमा पाँच लाख २२ हजार छ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।एजेन्सी ।

    २०७९, बैशाख ७ बुधवार०३:०८:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार