काठमाण्डौ । भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ ।
गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
उसका लागि डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले ३० बलमा १० चौका र एक छक्कासहित अविजित ६१ रन बनाए । अर्का प्रारम्भिक ब्याटर पृथ्वी शाले २० बलमा सात चौका र एक छक्काको सहयोगमा ४१ रनको पारी खेले ।
सरफराज खान १२ बलमा अविजित रहे । पञ्जाबका राहुल चाहरले मात्र एक विकेट लिने सके । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।
उसका लागि जितेश शर्माले ३२, कप्तान मयंक अग्रवालले २४, शाहरुख खान र राहुल चाहरले समान १२ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, ललित यादव, खलील अहमदले दुईरदुई र मुस्तफिजुर रहमानले एक विकेट लिए ।-एजेन्सी