जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

२०७९, बैशाख ८ बिहिवार

  • 949
    SHARES

  • जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

    वासिङ्टन । जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । 

    लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी २० बैठक र जी७ बैठकमा भाग लिएको अधिकारीहरुले जानकारी दिएका छन्  ।  जर्मनीले हाल जी ७ को अध्यक्षता गर्दै आएको छ ।  

    मन्त्री ठिक हुनु भएको र  उहाँलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ । -एजेन्सी ।

     

    २०७९, बैशाख ८ बिहिवार०१:०२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार