राप्रपाबाट राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग

राप्रपाबाट राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग

२०७७, पौष १८ शनिवार

  • 2.1K
    SHARES

  • राप्रपाबाट राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग

    पौष १८, काठमाडौँ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रजातन्त्र जोगाउन र  राष्ट्रलाई स्थिर राख्न राजसंस्था एवं हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका छन् ।

    अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रवार आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्नाको विकल्प नरहेको जिकिर गरे ।  

    राप्रपाकै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले  सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै सभा विघटन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको विचार राखे ।

    राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थालाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तबीच नयाँ संवाद र बृहत् प्रजातान्त्रिक एकतामा उनले जोड दिए ।  

    राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायत माग अघि सारेको छ ।

    भृकुटीमण्डपबाट शुरु भएको जुलूस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

    २०७७, पौष १८ शनिवार०६:५३:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार