राष्ट्रपति संस्थामाथि अपमान खेदजनक छ : सरकारका प्रवक्ता

राष्ट्रपति संस्थामाथि अपमान खेदजनक छ : सरकारका प्रवक्ता

२०७७, पौष १८ शनिवार

  • 2.0K
    SHARES

  • राष्ट्रपति संस्थामाथि अपमान खेदजनक छ : सरकारका प्रवक्ता

    पौष १८, काठमाडौँ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुर्याउने गरी सडकमा नाराबाजी भएकामा आपत्ति जनाएका छन् ।

    सिंहदरबारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने प्रयास भएको जनाउँदै राजनीतिक दल र समूहलाई जिम्मेवाररुपमा प्रस्तुत हुन अनुरोध गरे । 

    राजनीतिक  दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताउँदै सरकारका प्रवक्ता गुरुङले भने, “विनाराजनीतिक एजेन्डा राजनीतिक दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्, तिनीहरुले निर्वाचन भएरै छाड्छ भन्ने मनोविज्ञान जनतालाई दिन नै आन्दोलन गरिरहेका हुन् ।”

    मुलुक निर्वाचनमा गइसकेको जनाउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समुदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे । उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए । 

    सरकारका प्रवक्ता गुरुङले सरकारले संविधानअनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेकाले कर्मचारी तथा कुनै पनि वर्ग, समुदायलाई सरकारको कामकारवाहीप्रति भ्रममा नपर्न अनुरोध गरे । 

    २०७७, पौष १८ शनिवार०६:५७:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार