चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

२०७९, बैशाख ९ शुक्रवार

  • 829
    SHARES

  • चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

    बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ ।

    जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।

    सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ ।

    जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ ।

    बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ ।

    कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । यी सबै सांघाई सहरका पनि समाचारमा जनाइएको छ ।

    चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना सङ्क्रमणको कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।-एजेन्सी ।

    २०७९, बैशाख ९ शुक्रवार१२:४४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार