युक्रेनमा ७७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित : राष्ट्रसङ्घ

युक्रेनमा ७७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित : राष्ट्रसङ्घ

२०७९, बैशाख ९ शुक्रवार

  • 849
    SHARES

  • युक्रेनमा ७७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित : राष्ट्रसङ्घ

    जेनेभा । युक्रेनमा रुसको युद्धका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

    उनीहरु आफ्नो घर छाडेर भागेपनि देशभित्रै बसेको राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको तथ्याङ्क आन्तरिक विस्थापित व्यक्तिहरू (आईडीपी) मध्ये अप्रिल ५ मा दिएको ७१ लाख रहेको अनुमानित तथ्याङ्कभन्दा बढेको हो ।

    रुसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरुद्ध सुरु गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार जानकारी गराएको छ ।

    युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, ‘त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।’

    उनले भने, ‘मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।’

    डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाले युद्धका कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने बताइएको छैन ।

    यसैगरी, संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनएचसीआरले रुसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ ।

    यूएनएचसीआरका उपप्रमुख केली टि क्लेमेन्ट्सले भने, ‘यस द्वन्द्वको आठ हप्तामा हामीले ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौँ ।’

    यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा द्रुत गतिमा बढ्दै गइरहेको शरणार्थी सङ्कट हो । युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन् ।एजेन्सी ।

    २०७९, बैशाख ९ शुक्रवार१२:५१:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार