महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन आज कांग्रेस - एमालेको बैठक बस्दै

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन आज कांग्रेस - एमालेको बैठक बस्दै

२०७९, बैशाख १० शनिवार

  • 913
    SHARES

  • महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन आज कांग्रेस - एमालेको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेका छन ।

    आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले पनि सचिवालय बैठक बोलाएको छ ।

    नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे अपरान्ह बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाईएको छ भने एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।

    मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।

    २०७९, बैशाख १० शनिवार१०:१०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार