कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

२०७९, बैशाख १० शनिवार

  • 1.0K
    SHARES

  • कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

    नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । 

    सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन । 

    संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ । 

    यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो । मृतकको सङ्ख्या शनिबार भन्दा बढी ५४ रहेको थियो । 

    पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ । 

    मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ । -एजेन्सी । 

    २०७९, बैशाख १० शनिवार०४:०६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार