गठबन्धनबाट हेटौँडा उपमहानगर मेयरका लागि मिना लामा प्रस्तावित, उपमेयरबाट दिइन् राजीनामा

गठबन्धनबाट हेटौँडा उपमहानगर मेयरका लागि मिना लामा प्रस्तावित, उपमेयरबाट दिइन् राजीनामा

२०७९, बैशाख १० शनिवार

  • 821
    SHARES

  • गठबन्धनबाट हेटौँडा उपमहानगर मेयरका लागि मिना लामा प्रस्तावित, उपमेयरबाट दिइन् राजीनामा

    हेटौँडा । कांग्रेस कार्यकर्ताको चर्को आक्रोशका बीच गठबन्धनले हेटौँडा उपमहानगरपालिकाको मेयर पदको उमेदवार टुंगो लगाएको छ । 
     
    उपमहानगरपालिकाकी उपमेयर रहेकी मिना लामालाई गठबन्धनले मेयर पदमा अगाडि सार्ने भएको हो । उनी प्रस्तावित भएसँगै लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।

    सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिने गरी टुङ्गो लागिसकेको छ।

    शनिवार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन बसेको बैठकले हेटौँडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।

    २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालीन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । पछि उनी एमाले विभाजन हुँदा समाजवादीतिर लागेकी थिइन् ।​

    २०७९, बैशाख १० शनिवार०४:५२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार