काठमाडौं । सत्ताधारी पार्टीले गठबन्धनबाट काठमाडौं महानगरपालिका प्रमूख र उपप्रमूखका लागि सिर्जना सिंह र रामेश्वर श्रेष्ठलाई उमेदवार बनाउने भएका छन् ।
सिंह नेपाली कांग्रेसबाट सिफारिस भएकी हुन् भने श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट सिफारिस भएका हुन् ।
सिंह नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघकी प्रमुख सल्लाहकार तथा नेता प्रकाशमान सिंहकी धर्मपत्नी समेत हुन् ।
श्रेष्ठ एकिकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । उनी नेता झलनाथ खनाल निकट मानिन्छन् ।