काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा चर्चित नेता केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।
शनिवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।
पूर्व मिस नेवा डंगोलले यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी थिइन् । डंगोल विपी कोइराला, मदन भण्डारी, गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई र केपी शर्मा ओलीलाई आदर्श पुरुष मान्दछिन् ।
काठमाडौँ महानगर प्रमुखका लागि एमालेमा शाक्य र स्थापित बीच तिब्र प्रतिस्पर्धा
सामाजिक संजालमा मेयर शाक्यलाई शतप्रतिशत गाली, रोजाईमा स्थापित