आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

२०७९, बैशाख ११ आइतवार

  • 773
    SHARES

  • आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौं । आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै छ।

    तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो।

    सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ।

    तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ।

    कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागतभन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन्।

    २०७९, बैशाख ११ आइतवार०८:०१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार