नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

२०७९, बैशाख ११ आइतवार

  • 1.6K
    SHARES

  • नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं । सत्ताधारी प्रमूख पार्टी नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपालगायतका दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

    स्थानीय तह निर्वाचन प्रक्रियाअन्तरगत आज र भोलि उम्मेदवारको मनोनयन गर्दा हुने कार्यतालिका छ । तर सत्तगठबन्धनका दलभित्र अझै उम्मेदवारको भागबण्डा मिलिसकेको छैन ।

    एमालेले देशकै राजधानी काठमाडौं महानगरपालिकाको प्रमूखमा केशव स्थापित र चर्चित युवा नेतृ सुनिता डंगोललाई उपप्रमूखको उमेदवार बनाउने तय गरेसँगै गठबन्धन तथा नेपाली कांग्रेसले थप दबाब महशुस गरेको बुझिएको छ । 

    एता एमाले कार्यकर्ताहरुमा देशैभर सकारात्मक रक्तसंचार गरेको सामाजिक संजालका टिप्पणीहरुमा देख्न पाइन्छ । 

    २०७९, बैशाख ११ आइतवार०८:३५:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार