एसइई परिक्षामा २६ परीक्षार्थी अनुपस्थित

एसइई परिक्षामा २६ परीक्षार्थी अनुपस्थित

२०७९, बैशाख ११ आइतवार

  • 1.5K
    SHARES

  • एसइई परिक्षामा २६ परीक्षार्थी अनुपस्थित

    काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् ।

    नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।

    त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उनको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए ।

    परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन् । जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका सङ्ख्यामा विद्यार्थीले एसइई परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।

    नियमिततर्फ तीन हजार १२ र ग्रेड वृद्धितर्फ छ जनाले एसइईका परीक्षार्थीमध्ये परीक्षाको पहिलो दिन उक्त सङ्ख्यामा अनुपस्थित भएका हुन् ।

    परीक्षामा सम्बन्धित विद्यालयका प्रधानाध्यपकलाई नै केन्द्रध्यक्ष तोकिएको छ ।

    २०७९, बैशाख ११ आइतवार१२:५२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार