कामपामा ११६ जनप्रतिनिधिले दिए राजीनामा

कामपामा ११६ जनप्रतिनिधिले दिए राजीनामा

२०७९, बैशाख १२ सोमवार

  • 1.1K
    SHARES

  • कामपामा ११६ जनप्रतिनिधिले दिए राजीनामा

    काठमाडौ । काठमाडौ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

    यही वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन् ।

    आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि हिजै राजीनामा दिएको कामपाले जनाएको छ ।

    स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

    कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ ।

    आजसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनिधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ ।

    कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।

    २०७९, बैशाख १२ सोमवार०७:००:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार