बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी !

बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी !

२०७९, बैशाख १२ सोमवार

  • 2.3K
    SHARES

  • बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी !

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मिठाराम अधिकारी उम्मेदवार हुने भएका छन् । 

    बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानिलकण्ठ -१० कपनका अधिकारीले नगर प्रमुख पदको टिकट पाउने स्रोतले बतायो । यद्यपि उक्त निर्णयको आधिकारिकता भने पुष्टि हुन बाँकी छ । 

    २०७४ सालको जस्तै अन्तिम समयमा कुनै फेरबदल भएन भने नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य मिठाराम अधिकारी नगर प्रमुख पदको उम्मेदवार हुनेछन् भने वडा नं ४ की अनिता लामा उपप्रमुख पदको उम्मेदवार हुने सम्भावना रहेको एक जिल्ला कमिटी सदस्यले बताएका छन्।

    २०७९, बैशाख १२ सोमवार०७:३८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार