पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

२०७७, मंसिर १६ मंगलवार

  • 1.4K
    SHARES

  • पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

    मंसिर १६,  इस्लामावाद । 

    पाकिस्तानका कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको आरोप छ ।  

    विपक्षी दलहरुकै कारण कोरोनाविरुद्धको लडाई प्रभावकारी हुन नसकेको, उनीहरुले नै अवरोध गरेको आरोप प्रधानमन्त्री खानले लगाएका छन् । विपक्षी दलहरूले विभिन्न ठाउँमा जुलुश निकाल्न स्वीकृति नदिएका प्रधानमन्त्री खानले उनीहरुप्रति अहिले असन्तुष्टि पोखेका हुन् ।  

    कोरोनाभाइरसको महामारी फैलिएका बेला जुलुश निकालेको भन्दै सरकारले बल प्रयोग गरेपछि प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीचमा झडपसमेत भएको थियो । 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले देशमा अहिले फेरी महामारी फैलिएका बेला उच्च सतर्कता अपनाउने र कोरोनाविरुद्ध लड्ने बेला भएपनि त्यसका विरुद्ध गतिविधि भइरहेको उल्लेख गरेका छन् ।  

    पाकिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या आठ हजारभन्दा बढी पुगेको छ । 

    त्यसैगरी पाकिस्तानमा अहिलेसम्म तीन लाख ९८ हजार २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारीका बेलामा कुनै पनि सहरमा राजनीतिक दलहरुलाई सरकार विरोधी जुलुश निकाल्न दिन नसकिने पनि प्रधानमन्त्री खानले स्पष्ट पारेका छन् ।  

    प्रधानमन्त्री खानले कोरोनाभाइरसको महामारी डरलाग्दो तरिकाले फैलिदै गएकोले विपक्षी दलहरुले आफ्ना भिडभाड हुने गतिविधिहरु तत्काल रोक्नुपर्ने अडान राखेका छन् ।  

    पाकिस्तानका ११ पार्टीहरुको गठबन्धनको रुपमा रहेको पाकिस्तान लोकतान्त्रीक आन्दोलन ९पिडीएम०ले गरेको प्रदर्शनको विपक्षमा प्रधानमन्त्री खान कठोर रुपमा उभिएका छन् ।- एजेन्सी ।

    २०७७, मंसिर १६ मंगलवार०६:४२:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार