काठमाडौँको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

२०७९, बैशाख १२ सोमवार

  • 1.2K
    SHARES

  • काठमाडौँको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । 

    मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

    प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए । 

    त्यस्तै उपमेयरकी उम्मेदवार डङ्गोल सन् २०११ की मिस नेवा हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डङ्गोललाई उपमेयर बनाउने निर्णय गरेको थियो ।

     

    २०७९, बैशाख १२ सोमवार०२:२७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार