भारतमा कोरोनाबाट दुई हजार पाँच समय भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

भारतमा कोरोनाबाट दुई हजार पाँच समय भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

२०७९, बैशाख १२ सोमवार

  • 873
    SHARES

  • भारतमा कोरोनाबाट दुई हजार पाँच समय भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।

    अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् । 

    संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।  नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७-३७ प्रतिशत हो । एजेन्सी ।

     

    २०७९, बैशाख १२ सोमवार०३:२५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार