४४ अर्ब डलरमा ट्विटर किन्दै एलन मस्क 

४४ अर्ब डलरमा ट्विटर किन्दै एलन मस्क 

२०७९, बैशाख १३ मंगलवार

  • 1.6K
    SHARES

  • ४४ अर्ब डलरमा ट्विटर किन्दै एलन मस्क 

    नयाँ दिल्ली । टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने भएका छन् । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समितिले मक्सको प्रस्तावमा सहमत हुँदै कम्पनी बिक्री गर्ने जनाएको हो। 

    माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्याङ्कन गरेको थियो । मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए। उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन्।

    फोब्र्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन्। विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्कको २७३ दशमलव ६ अर्ब डलर सम्पत्ति छ। -एजेन्सी । 

    २०७९, बैशाख १३ मंगलवार०८:४०:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार