काँग्रेस नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने

काँग्रेस नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने

२०७९, बैशाख १३ मंगलवार

  • 1.8K
    SHARES

  • काँग्रेस नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने

    काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचन लगत्तै निर्णय लिने उल्लेख गरेका छन् ।

    उनले स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई जितको शुभकामना समेत दिएका छन् ।

    विद्यार्थी आन्दोलनका एक चर्चित नेता घिमिरे नेपाल विद्यार्थी संघ अध्यक्ष हुँदा गगन थापा महामन्त्री रहेका थिए । उनै विद्यार्थी महामन्त्री गगन थापा पार्टीकै महामन्त्रीमा निर्वाचित हुँदा घिमिरे भने प्रदेश अध्यक्षमा हार्न पुगेका थिए । 

    नेपाली काँग्रेसको पूर्वकेन्द्रीय सदस्य रहेका घिमिरे गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग ४ मतले पराजित भएका थिए ।

    नेपाल विद्यार्थी सङ्घको पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका घिमिरे साहित्यमा पनि सक्रिय छन् ।

    सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले राजनीति छाड्ने निर्णय नलिन सुझाव दिएका छन् ।

    २०७९, बैशाख १३ मंगलवार१०:०४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार