कांग्रेसको घोषणापत्र बकवास र तथानाम गालीको दस्तावेज : ओली

कांग्रेसको घोषणापत्र बकवास र तथानाम गालीको दस्तावेज : ओली

२०७९, बैशाख १३ मंगलवार

  • 1.3K
    SHARES

  • कांग्रेसको घोषणापत्र बकवास र तथानाम गालीको दस्तावेज : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् ।

    उनले राजनीतिक विश्लेषण केहीपनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरेका हुन् ।

    २३ औँ मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

    ‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारेर के हुन्छ ?

    दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए । 

    घोषणापत्रमा एमालेमाथि तथानाम गाली, संविधानको राम्रा कुरा उतारिएको र एमालेको घोषणपत्रको कपी गरेको आरोप पनि ओलीले लगाए ।

    २०७९, बैशाख १३ मंगलवार१२:१६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार